राप्रपा सरकारबाट बाहिरिंदै, कमल थापाले प्रधानमन्त्रीलाई भेटेर यसो भने…
काठमाडौं, १७ बैशाख– प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव ल्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिर निस्कने भएको छ ।
राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सरकार छोड्ने जानकारी गराईसकेका छन् ।
संक्षिप्त कुराकानीमा अध्यक्ष थापाले भने– ‘मैले सरकार छोड्ने माइण्ड मेकअप गरिसकेँ । प्रधानमन्त्रीलाई आजै जानकारी गराईसकेँ । प्रक्रिया र विधि पुर्याउनु पर्ने हुनाले पार्टीको बैठक बोलाएको छु । त्यहाँबाट औपचारिक निर्णय सार्वजनिक गर्नेछौं ।’


