बिदेशिएका भोजपुर बासीले क्यान्सर पीडित ४ वर्षीय बालिकालाई गरे २ लाख सहयोग

धनकुटा खबर, १८ बैसाख । मेरो प्यारो भोजपुर ग्रुप र भोजपुर सेवासमाज मलेसियाले भोजपुर हसनपुरकी वोन म्यारो क्यान्सर पीडित ४ वर्षीय वालिका सिम्रन राईको उपचारका लागि १ लाख ९१ हजार २ सय ९२ रुपयाँ सहयोग गरेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा हाल विभिन्न देशमा रहेका भोजपुरवासीवाट संकलन गरिएको उल्लेखित रकम आज पीडित वालिकाको परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम ग्रुपका एडमिन र्सिजना राई र पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वालिका उपचाररत कान्तिवाल अस्पतालमा हस्तान्तरण गरेको मेरो प्यारो भोजपुर ग्रुपका वयवस्थापक तथा भोजपुर सेवा समाज मलेसियाका उपाध्यक्ष ओमप्रकाश विष्टले बताउनु भएको छ ।

रकम सहयोग गर्ने सवै व्यक्ति प्रति समाजले आभार समेत व्यक्त गरेको छ ।

– सहयोगीको नाम र रकम
भोजपुर सेवा मलेसिया र मेरो प्यारो भोजपुरको संयुक्त सहकार्यमा मलेसियाबाट निम्न बमोजिम व्यक्तिको सक्रियतामा:-
ओमप्रकाश विष्ट यूँ ,भोजपुर चित्र बहादुर पाण्डे देउराली,भोजपुर, जोन ताज राई दिङ्ग्ला,भोजपुर सुरेन राई खैराङ्ग,भोजपुर रविन राई तुङ्गेछा,भोजपुर सुवास पुरी कोट,भोजपुर
भोजपुर सेवा समाज मलेसिया
शान्ता चाम्लिङ राई,खोटाङ
संकलित रकम रु.६९,९१०/-
बिनोद प्रधान भैसिपंखा,भोजपुर कमला(सुनि)राई भैंसीपंखा,भोजपुर साथै साथिहरुस्(हाल जापान)रु.५९१५७/-
नङ्ग्खा थुलुङ्ग राई सिन्द्राङ्ग,भोजपुर मन कुमार राई सिन्द्राङ्ग,भोजपुर देवानन्द येन्कुवाले कर्नाटक इन्डिया गोपाल गुरुङ,मोरङ र गोपाल राजबंसी,झापाको सक्रियतामा(हाल साउदी अरबिया)रु.५३,८०९ धनकुमार राई,च्याङ्रे माङ्खोङ,भोजपुर(हाल अफ्गानिस्तान)रु।३,०००
मेरो प्यारो भोजपुर ग्रुपको एड्मिन सिर्जना राई,श्यामशिला,भोजपुर(हाल काठमाडौं क्रीतिपुर०रु.१,५००/- मणिराज तामाङ बलंखा,भोजपुर९हाल काठमाडौ,रु.१,५००/-
अरुण मेवाहाङ राई नेपालेडाँडा,भोजपुर९हाल काठमाडौ,रु.१,३०५/-
भिम प्रधान भोजपुर रु.१,१११
जम्मा रकम रु.१,९१,२९२
(अक्षरपि एक लाख एकानब्बे हजार दुई सय बयानब्बे मात्र)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।