तेह्रथुमको एक दुर्गम गाँउमा स्थापना भएको शिशु स्याहार केन्द्र भबन नहुँदा सञ्चालनमा समस्या

धनकुटा खबर / तेह्रथुम, ९ जेठ । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ साबिक पञ्चकन्याको दुर्गम गाउँ ज्यामिरेमा रहेको शिशु स्याहार केन्द्र भबन नहुँदा सञ्चालनमा समस्या हुँदै आएको छ ।

द्यलित सचेतना समाज अन्तरगत महिला समुह मजबुतिकरण कार्यक्रम अन्तरगत सन २०१४ मा स्थापना भएको स्याहार केन्द्रमा बस्तीका दैनिक ५ देखी ७ जना नानीहरुलाई हेरचाह गर्दै आए पनि भबन नहुँदा समस्या हुँदै आएको जनआवाज महिला समुहका अध्यक्ष ईन्द्र कुमारी लिम्बुले बताउनु भयो ।

गाबिसकै एक मात्र पछि परेको यो बस्तीमा स्याहार केन्द्र स्थापना भए पनि भबन निमार्णका लागी श्रोत अभाबका कारण स्थानीय मानबिर लिम्बुको घरको पालीमा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको दलित सचेतना समाज ड्यासका सामाजिक परिचालक पुर्णमाया कार्की रसाईलीले बताउनु भयो ।
स्याहार केन्द्र सँगै नानीहरुको लागी शौचालय निमार्ण नहुँदा झनै समस्या हुने गरेको शिशु हेरालु सुस्मा लिम्बुले बताउनु भयो ।

स्याहार केन्द्र स्थापना सँगै नानीहरुलाई केन्द्रमा पुर्याएर ढुक्कले काम गर्न समज बनेको स्थानीय बिष्णु माया लिम्बुले बताउनु भयो । स्याहार केन्द्र जनअवाज महिला समुह र जनसेवा महिला समुहको संयुक्त ब्याबश्थापनमा सञ्चालन हुँदै आएको छ ।

स्याहार केन्द्रलाई ब्याबश्थीत बनाउनका लागी महिला समुहहरुले बिभीन्न निकाय संघ संस्थाहरु बैदेसिक रोजगारमा रहेका ब्याक्तीहरुलाई सहयोगका लागी आग्रह गर्दै आउनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।