धरानमा दुई बृद्धहरुबिच छुरा हानाहान, एक गम्भिर घाईते

विजयपुर, धरानमा बुधबार बिहान दुई बृद्धबृद्धा बिच छुरा हानाहान भएको छ । धरान–३ स्थित नाईट वसपार्कमा ५९ बर्षिय भुपाल राईले आफ्नै साथी ४५ बर्षिय अजुव वान्तावा राईलाई छुरा हानि घाईते बनाएका हुन ।

घाईतेको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गभ्भिर अबस्थामा उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाका अनुसार सडकमा सुत्ने दुई बृद्धबिच बिबाद भएपछि ५९ बर्षिय भुपाल राईले अनुजराई छुरा हानेको बताए । छुरा हान्ने भुपाल अपाङग समेत छन ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार घाईते अजुव वान्तावा सात दिन अघि ल्याएको सात सय रुपैया पैसा भुपालले चोरेका थिए ।

बुधबार बिहान पनि भुपालले अजुवको बाकी रहेको २ सय रुपैया चोर्न खोजेपछि बिबाद भएको थियो । बिबाद बढेपछि भुपालले आफुसँग भएको छुरा ले अजुवलाई शरिरको ६ ठाउमा प्रहार गरेका थिए । घटनाको बिस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।