‘मत च्यात्नेहरुले गणतन्त्र संस्थागत गर्न सक्दैनन्’ : रावल

१८ जेठ, नेकपा एमालेका उपाध्याक्ष भीम रावलले मतपत्र च्यात्नेहरुले लोकतन्त्र संस्थागत गर्न नसक्ने बताएका छन् । उनले भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबाट मतपत्र च्यात्ने जस्तो निकृष्ट कार्य भएको भन्दै सामान्य लोकतान्त्रिक संस्कार पनि नहुनेले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न नसक्ने बताए ।

नेता रावलले पहिलो चरणको निर्वाचनबाट एमालेले जनताको मन जितेको पुष्टि भएको बताए । अछामको साँफेबगरमा विहिबार नगर कमिटीले आयोजना गरेको कार्यक्रममा रावलले भने, ‘प्रमुख सत्ता साझेदार दलबीच गठबन्धन हुँदा पनि एमाले विरुद्ध फैलाइएको भ्रम र षडयन्त्रको जालो जनताले तोडिदिएका छन् । जनताले एमालेलाई माया गरेका छन् ।’

रावलले देशको आर्थिक समृद्धिका लागि पर्यटनको विकास हुनु अपहारिर्य भएको भन्दै सुदूरपश्चिमका पर्यटकीय स्थल खप्तड, रामारोशन लगायतका सौन्दर्य स्थलको विकासका लागि एमाले प्रतिबद्ध रहेको बताए । उनले खप्तडमा केवुलकार बनाउने पनि बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖