‘असार १४ गतेको हिलोमा कांग्रेस-माओवादी नराम्ररी पछारीन्छन्’ : केपि ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १४ गतेको हिलोमा कांग्रेस माओवादी नराम्ररी पछारीले बताएका छन् । सरकारले असार १४ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेको छ । वर्षा शुरु भइसकेपछि चुनवाको मिति घोषणा गरेकोमा एमाले असन्तुष्ट छ । अध्यक्ष ओलीले सरकारले चुनावको मिति सारेर अत्यन्तै गैरजिम्मेवारपन देखाएको आरोप लगाए ।

अध्यक्ष ओलीले असार १४ गते निर्वाचनको मिति सार्ने सरकारको निर्णय चुनावबाट भाग्ने नियतका साथ आएको बताए । दोस्रो चरणको निर्वाचनमा पनि आफनो पार्टी पहिलो हुने ओलीले दावी गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार १४ गतेको हिलोमा काँग्रेस र माओवादी केन्द्र नराम्ररी पछारिने बताए । अध्यक्ष ओलीले सरकार र सत्तारुढ काँग्रेस÷माओवादी केन्द्र अपराध कर्ममा मात्रै लिप्त रहेको आरोप लगाए ।

अध्यक्ष ओलीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रसँग आफनो पार्टीसँग प्रतिष्पर्धा गर्ने कुनै तागत नरहेको दावी गरे । अध्यक्ष ओलीले जनताको विश्वास अनुसार काम गरेर देखाउन पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले भरतपुर महानगरपालिकामा मतगणना रोकिनुमा मुख्य निर्वाचन अधिकृतको मुख्य हात रहेको गम्भीर आरोप लगाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।