गोलभेँडामा टुटाकिराको प्रकोप, भारतबाट नेपाल भित्रिएको यो किराले अहिले माहामारीको रुप लियो

नुवाकोट, ३० जेठ । गोलभँेडामा टुटाकिरा देखा परेको छ ।

नेपालमा पहिलो पटक गत वर्ष भित्रिएको टुटाकिराको प्रकोप यस वर्ष यहाँ देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले जानकारी दिनुभयो ।

टुटाकिराले गोलभेँडाको पात, डाँठ हँुदै फल नै खाएपछि देउराली, बुङताङ, किम्ताङलगायत स्थानका किसान मारमा परेका छन् । भारतबाट नेपाल भित्रिएको टुटाकिरा गत वर्ष काठमाडाँै उपत्यका र त्यस वरपरका जिल्ला देखापरेको थियो ।

दुई साताअघि देखा परेको किराले अहिले माहामारीको रुप लिएको छ । “नियन्त्रण गर्न किसानलाई तालिम तथा बास्नादार जाल वितरण गरेका छाँै,” गैरेले भन्नुभयो । गोलभँेडाको बोट नजिकै जाल थापिने गरिन्छ । विषादीको प्रयोगले फलमा असर गर्ने भएको किरालाई जालमा पारेर कम गराउने विधि परीक्षणको रुपमा अपनाएको गैरेको भनाइ छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।