कुवेतीले किनेर यातना दिएकी नेपाली चेली जो मालिकको कुटाईबाट बच्न ३ तला माथिबाट हाम फालिन (भिडियो सहित)

काठमाण्डौ, २६ साउन । नुवाकोट पंचकन्या गाविस ४ की ४५ वर्षीया सिता तामागं । एक वर्ष अघि दलालको लहै लहैमा लागेर घरेलु कामदारका रुपमा कुवेत पुगिन । जान त उनी नेपालको बिमान स्थल प्रयोग गरेर कुवेत पुगेकी थिइन् । तर कुन मेनपावर मार्फत उनी त्यहां पुगीन् उनलाई थाहा छैन ।

गाउंकै छिमेकी दलाल थिए, उनले सितालाई कुवेत जाने सल्लाह दिए । भुकम्पले घर ढलाएको थियो । दुई छोरी विवाह गरेर आफ्ना(आफ्ना घर गइसकेका थिए । एउटा छोरा परिवार सहित काठमाण्डौमा बस्थे । पतिको मृत्यु भएका कारण गाउंमा उनी एक्लै थिइन् । छोराले मात्र कमाएको पैसाले घर बनाएको ऋण तिर्न नसक्ने देखेपछि उनी दलालको प्रलोभनमा परिन्, अनि कुवेत पुगीन् ।

तर त्यहां परिस्थिति उनले चाहे जस्तो भएन । कुवेतको बिमान स्थलमा झरे लगत्तै उनको दुखका दिन सुरु भए । उनलाई त्यहां भेंडाबाख्रा जस्तो प्रदर्शनीमा राखियो । एउटा कुबेती नागरीकले १२ सय दिनारमा किनेर सितालाई आफ्नो घरमा लग्यो । “मलाई मालिकले १२ सय केडीमा किनेर लगेको हो, उनले भनिन्, त्यो घरमा मैले ९ महिना काम गरें ।”

कुवेतीका घरमा चार जनाको परिवार थिए । एक दम्पत्ती अनि तिनका दुई छोरी । घरको सबै काम गर्नुपर्ने । साना दुई छोरीको स्याहार सुसार गर्नुपर्ने । उनले जसो तसो काम गर्दै थिइन् । जब त्यहां काम गर्न लागेको केही महिना हुदै थियो । त्यसपछि अनेक बहाना गरेर मालिकले उनलाई कुटपिट गर्न थाल्यो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖