घरेलु मैदानमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै नेपालको सानदार जित

काठमाडौं, ५ भदौ । साफ यू–१५ च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ ।

पहिलो हाफमा ४–० को अग्रता लिएको नेपाली राष्ट्रिय यू–१५ फुटबल टोलीले आज घरेलु मैदानमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि ब्रिजेश चौधरीले पहिलो र अन्तिम गरी दुई, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश बुढा मगर, रोशन दोङले गोल गरे ।

जितसँगै नेपाल समूह’बी’बाट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फाइनल एवं समूह विजेताका लागि नेपालले पर्सी बुधबार भारतसँग भिड्दैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।