नेपाल-भारत बीच भैरहेको अण्डर १५ च्याम्पियनसिप फुटबल – हेर्नुहोस् प्रत्यक्षप्रशारण

काठमाण्डौँमा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबलमा अहिले नेपाली किशोर टोलीले चीर प्रतिद्धन्दी भारतसंग प्रतिस्पर्धा गरिरहेको छ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा ३ बजे सुरु भएको खेलले समुह बीको बिजेता टोलीको टुंगो लगाउनेछ । दुबै टोली यसअघि नै प्रतियोगीताको सेमिफाईनलमा प्रबेश गरिसकेका छन् । समुह चरणको पहिलो खेलमा दुबै राष्ट्रले माल्दिभ्सलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । भारतले ९–० ले तथा नेपालले ६–० गोल अन्तरले पराजित गरेको माल्दिभ्स भने समुह चरणबाटै बाहिरिसकेको छ । यसअघि हिजो भएको खेलमा भुटानलाई हराउँदै बंगालादेश समुह ए को बिजेता बनेको छ । हारका बाबजुत भुटानले पनि समुहको उपविजतोका रुपमा प्रतियोगिताको सेमिफाईनलमा स्थान बनाएको छ । हेर्नुहोस अहिलेको खेलको प्रत्यक्ष प्रशारण :

https://youtu.be/dYe8eYmtEwk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।