नेपाल र ताजकिस्तान भिड्दै – हेर्नुहोस् लाईभ भिडियो
काठमाडौँ । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न नसकेमा एक अंक जोड्ने बताउँदै एसियन कप छनोटको सम्भावनाका लागि ताजकिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण हुने बताए। उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोली १० दिन जापानमा अभ्यास गरेर फर्किएको हो। त्यस्तै ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले एसिया कपमा छनोटका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको बताए। एसियन छनोटमा नेपालले एक अंक जोडेको छ भने यसअघिका २ खेल खेलेको ताजकिस्तान दुवै खेलमा हार बेहोर्दै अङ्कविहीन छ।
https://youtu.be/KKRwl9qYe4U


