सिंगापुरलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

भाद्र २९ । एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा पुरा गर्‍यो ।

नेपालले चौथो ओभरमै ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका अनिल साह १५ बलमा ३ चौकको मदतले १८ रन जोड्दै क्याच आउट भए । ओपनर सन्दिप सुनारले सर्वाधिक २० रनको योगदान दिँदा सुमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे । सिंगापुरका लागि अभि दीक्षितले २ तथा अंश भार्गभाले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा ६७ रन जोड्दै अलआउट भयो । तेस्रो ओभरमा पेस बलर किशोर महतोले अब्दुल भदेलीयालाई शून्यमा विकेटकिपरको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । किशोरले अर्का ओपनर रोहन रंगराजन (११ रन)लाई पनि नवौं ओभरमा पेभेलियनको बाटो देखाएका थिए ।

सिंगापुरको मध्यक्रमलाई ध्वस्त पार्ने क्रममा पवन शर्राफले ६ विकेट लिए । उनले ८ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चे । सिंगापुरका लागि सिद्धान्त र कप्तान अर्यमन सुनिलले सर्वाधिक २० रन जोडेका थिए । सिंगापुरका पाँच ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले पनि १/१ विकेट लिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖