बिआरसी भुटानलाई हराऊँदै बिर्ता युनाईटेड क्लव झापा फाईनलमा

धनकुटा खबर, भदौ ३० । धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा डिफेन्डिङ्ग च्याम्पियन बिर्ता युनाईटेड क्लव झापा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाईनल खेलमा झापाले बिआरसी भुटानलाई भुटानलाई ४–० को अन्तरले हराउँदै फाईनलमा पुगेको हो ।

जीतका लागि झापाका खमिर गिलसन कन्दङ्गवाले पहिलो हाफको ३० मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि पहिलो हाफकै ३४ मिनेटमा योगेश गुरुङ्गले झापाका लागि दोस्रो गोल गरेका थिए ।

दास्रो हाफको ११ मिनेटमा कर्ण लिम्बु र ३३ मिनेटमा बुद्ध चेम्जोङ्गले लगाएको गोल संगै झापा फाईनलमा पुगेको हो ।

खेल अवधिको म्यान अफ दी म्याच बिजेता टोलीका योगेश गुरुङ्ग भएका छन् ।

फाईनल खेल झापा र ब्वाईज युनियन बीच ३१ गते हुने भनिएता पनि प्राविधिक कठिनाईका कारण असोज १ गते हुने आयोजनकले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।