आज नेपालले प्यालेस्टाइनको सामना गर्दै
काठमाडौं । एएफसी अन्डर सिक्स्टिन च्याम्पियनसिप फुटबलको छनौट खेलमा नेपालले आज प्यालेस्टाइनको सामना गर्दैछ ।

नेपालले प्यालेस्टाइनलाई फराकिलो गोलअन्तरले पराजित गरे तथा अर्को खेलमा इराकले भारतलाई पराजित गरेमा उपविजेताका रुपमा च्याम्पियसिपमा छनौट हुने नेपालको सम्भावना कायमै रहनेछ ।
समूहको अन्तिममा रहेको प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिइसकेको छ । इराक अंकतालिकाको पहिलो र भारत दोश्रो स्थानमा छन् । नेपाल र प्यालेस्टाइनको खेल दिउँसो साढे ३ बजेपछि सशस्त्र प्रहरीको खेल मैदान हल्चोकमा सुरु हुनेछ ।
हल्चोकमै दिउँसो १२ बजे भारत र इराकको खेल हुनेछ । दशवटा समूहमा भइरहेको छनौट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनौट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ वटा देश उत्कृष्ट उपविजेताका रुपमा छानिनेछन् ।


