भारतलाई हराउँदै नेपालले जित्यो उपाधी !

काठमाडौं, असोज ११ – १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । अन्तिम खेलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो ।

भुटानको थिम्पुमा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका दिनेश हेन्जनले गोल गरेका हुन् । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल हुन सकेन र नेपालले २–० ले खेल आफ्नो पक्षमा पारेसँगै उपाधी जित्यो ।

यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबाब थियो । गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको त्यो नै पहिलो पटक हो ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए । बुधबार नै भएको खेलमा बंगलादेश विजयी भएको थियो । बंगलादेशले आयोजक भुटानलाई २–० ले हराएको हो । नेपाल भारतसँग पराजित भए या बराबरी भएको अवस्थामा पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडका आधारमा च्याम्पियन बन्ने थियो तर नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी रक्षा गरेको छ । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिता भएकाले शीर्ष स्थानमा रहेको नेपालले उपाधी जितेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।