एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, असोज २१ । इरानमा यही असोज २७ देखि कात्तिक ५ गतेसम्म हुन गइरहेको एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

शनिबार घोषित १४ जनाको टोलीमा अनिश श्रेष्ठ र सुमितकुमार आले गोलकिपरमा छानिएका छन् ।

त्यस्तै, डिफेन्डरमा सौरभ रखालमगर, राज शाही र अमित तामाङ रहेका छन् । मिडफिल्डरमा अरुज सिंह, नविन लामा, विनोद गुरुङ, मणिकुमार राना र अभय राना रहेका छन् ।

त्यसैगरी, फरवार्डमा सुसान श्रेष्ठ, सन्जोग महर्जन, निर्मल गुरुङ र सुरज राउत छानिएका छन् ।

राकेश श्रेष्ठ मुख्य प्रशिक्षक रहेको नेपाली टिम असोज २६ गते इरान जाने प्रतियोगिताका ‘हेड अफ डेलिगेट्स’ तथा एन्फाका फुटसल संयोजक रमेश रायमाझीले जानकारी दिए ।

नेपालले आगामी असोज २९ गते उज्वेकिस्तानसँग, ३० गते कीर्गिस्तानसँग तथा ३१ गते तुर्कमेनिस्तानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टिम अर्को चरणमा छानिनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖