ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ फुरुम्बो गाउँमा अल्लोको कपडा बुन्न सिक्दै उद्यमी महिला । यस क्षेत्र हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना एवं फुङ्लिङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र रेडपाण्डा
पाथीभरामा भक्तजनले चढाएको गरगहना ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सङ्कलन गरी राखिएका सुन, चाँदीका गरगहना छुट्याउँदै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । तस्बिरः सन्तोष पुर्कुटी÷रासस
मोरङको बेलबारीमा नृत्य प्रस्तुत गर्दै कलाकार मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा सुरू भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर ः मणिराम दाहाल/रासस
पाथीभरा समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा । तस्बिर ः दिलकुमार लिम्बू/रासस
गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्ला प्रहरी कार्यालय भोजपुरको सोमबार अनुगमन निरीक्षण गर्नुहुँदै । कारागार कार्यालय भोजपुरको भौतिक संरचना, प्रशासनिक काम कारवाही, अपराध नियन्त्रण लगायत हिरासत तथा कारागारमा रहेका कैदीबन्दीको
झारली गुफा भोजपुरको पौवादुङ गाउँपालिका– १, तिलाहारको त्रिपुरेश्वर महादेव मन्दिरमा रहेको झारली गुफा । मन्दिर र गुफाको संरक्षणका लागि यहाँ अहिले एघार दिने श्रीमद शिव महापुराण सुरु गरिएको छ ।
पाथीभरा क्षेत्रको काफ्ले पाटी र ठूलो फेदी ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा जाने पदमार्गमा पर्ने काफ्ले पाटी र ठूलो फेदी क्षेत्र । काफ्ले पाटीसम्म यातायातका साधन सञ्चालन हुन्छ यहाँदेखि पाँच किलोमिटर
चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका– ६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीबाट देखिएको धौलागिरि हिमाल । तस्बिरः कमल खत्री/रासस
पालमुनि वास मोरङको झोडाहाटस्थित खुला चौरको छहारीमा पाल बनाइ बसेका चिडिमार समुदाय । घुमन्ते समुदायको रुपमा रहेका यीे समुदाय तराईका विभिन्न खुला चौरमा बस्ने गरेका छन् । तस्बिर ः विवेक
खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका- १ स्थित बराह पोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली । तस्बिर : हरिराम भेटुवाल/रासस