‘घरमा आधारित वृद्धि अनुगमन’ कार्यक्रम अन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा बिहीबार बच्चाको तौल लिइँदै । कार्यक्रमको प्रभावकारीताका लागि घरदैलो अभियान सञ्चालन गरिएको हो । तस्बिरः निरोज कोइराला/रासस
एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ नेकपा (एमाले)को बैतडीबाट आजदेखि आरम्भ भएको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ कार्यक्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः विनोदसिंह विष्ट/रासस
बराहपोखरी खोटाङको बराहपोखरी गाउँपालिका वडा नं १ मा अवस्थित धार्मिकस्थल बराहपोखरी । यो पोखरीमा स्नान गरे मनोकाङ्क्षा पूरा हुने, घाउ खटिरा निको हुने जनविश्वास रहेको छ । तस्बिरः हरिराम भेटुवाल/
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० स्थित फुरुम्बु गाउँमा अल्लोको कपडा बुन्न सिक्दै उद्यमी महिला । स्थानीय कच्चा पदर्थको प्रयोगबाट आयस्रोत बढाउँनका लागि अहिले यस क्षेत्रमा हिमाली संरक्षण मञ्चको आयोजना,वडा कार्यालयको समन्वय र
भेटी रकम गणनाका लागि मिलाउदै ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम सङ्कलन गरेर गणनाका लागि मिलाउदै पाथीभरा क्षेत्र बिकास समितिका कर्मचारी । तस्बिर : सन्तोष पुर्कुटी/रासस
सुवेदीले फलाए एक केजी ६४ ग्रामको ड्रागन चितवनको भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीले आफ्नो बारीमा फलेको एक केजी ६४ ग्रामको ड्रागन टिप्दै । सुवेदीले दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक
हिमालको छायाँ तालमा म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटमा अवस्थित निस्कोट बराहा ताल र तालमा देखिएको धौलागिरि हिमालको छायाँ । तस्वीर : ध्रुबसागर शर्मा/रासस
हिमालमुनि मेरो घर….. कास्कीको मादी गाउँपालिका अन्तर्गत पर्ने सुन्दर तप्राङ गाउँ । अन्नपूर्ण हिमशृङ्खलाको फेदमा अवस्थित यो गाउँ पछिल्लो समय बढ्दै गएको सिक्लेस–कोरी पदमार्गका पर्यटकको आकर्षणको केन्द्र भएको छ ।
धनकुटाबाट गएका युवा संघका युवाहरू जाजरकोटमा भुकम्पले भत्किएको घर पुनर्निर्माणमा जुट्दै- तस्बीर :सामाजिक संजाल