फोटो ग्यालेरी

युनाइटेड मेवा हाइड्रोपावर आयोजना क्षेत्र

युनाइटेड मेवा हाइड्रोपावर आयोजना क्षेत्र ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेवाखोलामा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवा हाइड्रोपावर आयोजनाको निर्माण क्षेत्र । उक्त आयोजनाको करिब ६८ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको

भूकम्पले विद्यालय भत्किएपछि खुला आकाशमा पढ्न बाध्य

खुला आकाशमा पढ्न बाध्य बारेकोट गाउँपालिका–४ स्थित भगवती माध्यमिक विद्यालय जिरीका विद्यार्थी आपतकालीन सिकाइ केन्द्र नहुँदा खुला आकाशमा पढ्दै । भूकम्पले विद्यालय भत्किएपछि खुला आकाशमा पढ्न बाध्य । तस्बिर ः

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बलिङ्ग गर्नुहुँदै अध्यक्ष ओली

अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा बिहीबार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजित ‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा

ताप्लेजुङ स्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको कुम्भकर्ण हिमाल

पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको कुम्भकर्ण हिमाल । तस्बिरः सन्तोष पुर्कुटी/रासस

मकालु बेश क्याम्प नजिकै रहेको हिमश्रृखला र तादोशा आसपासको दृष्य

हिमश्रृखला सङ्खुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु बेश क्याम्प नजिकै रहेको हिमश्रृखला र तादोशा आसपासको दृष्य । यो समुन्द्री सतहबाट ४चार हजार एक सयको उचाइमा पर्दछ । तस्बिर ः भविन कार्की/रासस

आहा ! हिमाल

आहा ! हिमाल मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमाल र पृष्ठभूमिमा हरियो जंगल । तस्बिर ः नवीन लामिछाने/रासस

भोजपुरको टेम्केमैयुङमा जनता आवास कार्यक्रम मार्फत विपन्नलाई घर

जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका विपन्न परिवारको निर्माण भएको घर । १० विपन्न दलित परिवारले नयाँ घर पाएका छन् । एक परिवारका लागि रु तीन लाख ३६ हजारको

कालापानी र मानापाथी हिमाल

मुस्ताङको थासाङ गाउँपालिका–३ कालापानीको बस्ती र पृष्ठभूमिमा रहेको मानापाथी हिमाल । हिमालको काखमा रहेको कालापानी र लेते बेनी–जोमसोम सडक अन्तर्गतको पर्यटकीय स्थल हो । तस्बिरः सन्तोष गौतम/रासस

झरना भित्रको गुफा

झरना भित्रको गुफा बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित गाईघाटमा झरनाभित्र रहेको गुफा । झरना भित्रको गुफाले पर्यटक तान्दै आएको छ । तस्बिर ः खेमराज गौतम/ रासस

तोरीको फूलको रस खाँदै पुतली

तोरीको फूलको रस खाँदै पुतली घोराही उपमहानगरपालिका–५ मन्नामे स्थित किसानको बारीमा फुलेको तोरीको फूलको रस खाँदै पुतली । तस्बिर ः कुलदीप न्यौपाने /रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।