थाक्रामा राखिएको मकै र पृष्ठभूमिमा धौलागिरि हिमाल म्याग्दीको रघुगङ्गा गाउँपालिका – ५ झीँ गाउँमा स्थानीयले थाक्रोमा भण्डारण गरिएको मकै र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तस्बिरः कमल खत्री/रासस
सङ्खुवासभाको खाँदबारी नगरपालिका –४ स्थित सुन्तला जोन क्षेत्र बरुवाल गाउँमा फलेको सुन्तला । यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाईले सङ्खुवासभा र भोजपुर जिल्लाका ६ स्थानीय तहलाई सुन्तला जोन
चोयाको नाङ्लो भोजपुरको हतुवागढी गाउँपालिका-६ होम्ताङमा बिक्रीका लागि राखिएको चोयाको नाङ्लो । तस्बिरः युवराज विष्ट / रासस
भोजपुरको हतुवागढी गाउँपालिका–२ रानीबासका स्थानीयले बजार लैजान बोटबाट टिपेर राखेको सुन्तला । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत सहरमा बिक्री गरिन्छ । अहिले सुन्तला स्थानीय बजारमा रु १००
अन्तुडाँडामा पर्यटक सूर्योदयको दृश्यावलोकन गर्न इलामको सूर्योदय नगरपालिका -५ स्थित अन्तुडाँडामा आएका पर्यटक । तस्बिरः रामकुमार लिम्बु /रासस
निर्माणधीन डम्फु पार्क र तामाङ संग्राहलय काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ कालढुंगामा निर्माणधीन अवस्थामा रहेको डम्फु पार्क र तामाङ संग्राहलय भवन । तस्बिर : पेमा लामा/रासस
हिउँले ढाकेको तिलिचो ताल मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन्
ऐतिहासिक चिशंखुगढी ओखलढुङ्गाको चिशंखुगढी गाउपालिका-२ दियालेमा अवस्थित ऐतिहासिक चिशंखुगढी । तस्बिरः पूर्णप्रसाद न्यौपाने / रासस
पाथीभरामा चढाएका गरगहना ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भक्तजनले चढाएका सुनचाँदीका गरगहना । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीहरुद्वारा विकास समितिको कार्यालयमा अन्य धातु र सुन छुट्याएर राखिएको हो । तस्बिरः दिलकुमार
महागुरु फाल्गुनन्दको प्रतिमा ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा रहेको १६ औँ राष्ट्रिय विभूति तथा महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा । तस्बिरः दिलकुमार/रासस