बुढेसकालको श्रम दाङको राप्ती गाउँपालिका-२ लालमटियास्थित ९० वर्षीय स्थानीय थारु समुदायका वृद्ध बारीवाट घाँस काटेर घर लैजाँदै । तस्बिर ः कुलदीप न्यौपाने /रासस
तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको
पर्वतको मोदी गाउँपालिका–७ राम्जा देउरालीमा रहेको ठुलीपोखरी पृष्ठभूमिमा अन्नपुर्णलगायतका हिमशृङ्खला छाँया । मौसम खुलेकाले अहिले पर्वतका डाँडाकाडाँबाट हिमशृङ्खलाको अवलोकन र तस्बिर लिनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्
निशान प्रदर्शन दसैँको महानवमीमा पाँचथरको थर्पूमा प्रदर्शन गरिएको लिम्बू समुदायको इतिहासको प्रतीक निशान । राजा पृथ्वीनारायण शाहले उपहारस्वरुप दिएको निशान विक्रम संवत १८८० देखि प्रदर्शन गर्दै आएको छ । तस्बिरः
पाँचथरको थर्पूमा प्रदर्शन गरिएको लिम्बू समुदायको इतिहासको प्रतीक ऐतिहासिक निशान मेलामा मौलिका वेषभुषामा सजिएर मेला हेर्न आउनुभएको लिम्बू समुदायका महिला । राजा पृथ्वीनारायण शाहले उपहारस्वरुप दिएको निशान विक्रम संवत् १८८०
धान काट्दै ताप्लेजुङको सिरीजङ्गा गाउँपालिका¬–७ खेवाङका किसान धान काट्दै । पहाडी क्षेत्रमा हिजोआज धान थन्क्याउने सिजन सुरु भएको छ । तस्बिर ः सन्तोष पुर्कुटी/रासस
भोटेचोर बजार सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका– १ स्थित भोटेचौर बजार र आसपासमा स्थानीय किसानले गरेको आलुखेती । तस्बिर ः हरिराम भेटुवाल/ रासस
बिरामीलाई दसैँ टीका चितवन मेडिकल कलेजमा उपचाररत बिरामीलाई अस्पतालको बेडमा बुधबार दसैँको टीका लगाइदिँदै नर्स । तस्बिर ः कृष्ण आचाय÷रासस
लिङ्गे पिङ र पृष्ठभूमिमा गुर्जा हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय र पृष्ठभूमिमा देखिएको गुुर्जा हिमाल । तस्विर सन्तोष गौतम/रासस
चितवनको भरतपुर महानगरपालिका–१ देवघाटधामस्थित धर्मशालामा रहेका वृद्धवृद्धा । आफन्त भेट्न नआउँदा आफूहरुलाई दसैँ आएको अनुभूति नभएको वृद्धवृद्धाको भनाइ छ । तस्विरः कृष्ण आचार्य/रासस