बिजय दशमीको टीकाको दिन सुनसान पाख्रीबास बजार तस्बीर : धनकुटा खबर
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर । हरेक वर्ष बडादसैँको समयमा भक्तजनको घुइँचो लाग्ने पाथीभरामा यो वर्ष पनि भक्तजनको घुइँचो लागेको छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका दीपेश विष्टको शव सोमबार बिहान अन्त्येष्टिका लागि महाकाली नदीमा लग्दै मृतकका परिवार र आफन्त । सो घटनामा मारिएका चारजना विद्यार्थीको
पिङ खेल्दै स्थानीय पोखरा महानगरपालिका -11 काहुँडाडामा लिङ्गे पिङ खेल्दै स्थानीय । तस्बिरः राधिका कँडेल / रासस
गत असारमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङस्थित सिवाखोला जलविद्युत आयोजना मर्मतका लागि श्रमदान गर्दै स्थानीय । बाढीले करिब १ मीटर कुलो बगाएपछि दशैँको समयमा प्लाष्टिकको पाईप
धनकुटा नगरपालिका वडा नं ९ गुठिटारमा बेलहाराबाट धरान तर्फ टमाटर लिएर जादै गरेको मालबाहक गाडी दुर्घटना भएको छ । मानविय क्षति भने भएको छैन। तस्बीर स्रोत :इटहरी खबरको फेसबुक
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ देउराली क्षेत्रमा रहेको हिमालयन हाब्रे सेन्टरको भवन । दुर्लभ हाब्रेको अध्ययन अनुसान्धान गर्नका लागि हाब्रे सेन्टर स्थापना गरिएको हो । तस्बिरः दिलकुमार लिम्बू / रासस
च च हुई …पिङ्गमा रमाउँदै बडादसैँ लागेसँगै पिङ्गमा रमाउँदै मेलम्ची–७ दुवाचौरका बालबालिका । अचेल पिङ्ग हाल्ने क्रम कम हुँदै गएको छ । तस्बिरः देवराज सुवेदी/रासस
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा लगाएको फाइबर ट्रस (छाहारी)। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो। तस्बिरः दिलकुमार लिम्बू / रासस
भर्चुअल सुरक्षा निर्देशन जिल्ला प्रहरी कार्यालय मातहत रहेका चारवटा इलाका प्रहरी कार्यालय र चौकीका इन्चार्जलाई चाड पर्वको समयमा हुने घटना नियन्त्रणका लागि बिहीबार भर्चुअल बैठकमा निर्देशन दिँदै भोजपुरका प्रहरी प्रमुख