बिना अनुमति कक्षा चलाउने १९ विद्यालयलाई कारबाही

चितवन, फागुन ९ । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ ।

शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार चितवनका ती विद्यालयले कम्तीमा एकदेखि पाँच वटा कक्षासम्म अनुमति बिना सञ्चालन गरेको पाइएको छ । यसरी कक्षा सञ्चालन गर्ने सबै आधारभूत तह पढाउने विद्यालय रहेका छन् ।

विद्यार्थी र अभिभावकमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै अहिले विद्यालय र कक्षा सार्वजनिक नगरिएको र सबै व्यवस्थापन गरेपछिमात्र सार्वजनिक गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

नियमावलीले यसरी कक्षा सञ्चालन गर्ने विद्यालयलाई कम्तीमा रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना लगाउन सक्ने उल्लेख भएअनुसार प्रकृति हेरेर जरिवाना लगाइएको कार्यालयले जनाएको छ ।

उनीहरुले अर्को वर्ष कक्षा चलाउन नपाउने गरी लिखितपत्र पेस गर्नसमेत भनिएको अर्यालले बताए । “केहीले जरिवाना तिर्न थालेका छन्, लिखित प्रतिबद्धता समेत माग गरेका छौँ, उनले भने ।” चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् ।

यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । विगत लामो समयदेखि यसरी विद्यालयले अनुमति बिना चलाएको पाइएको जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।