पत्रकार प्रकाश पाक्साँवालाई कुरुम्भङ खजुम समाज हङकङले नगद ३५ हजार सहित पुरस्कृत गर्ने
धनकुटा, ११ फागुन । ग्रामिण क्षेत्रमा रहेर पनि पत्रकारीताको माध्यमबाट समाजसेवामा कृयासिल पत्रकार प्रकाश पाक्साँवालाई कुरुम्भङ खजुम समाज हङकङले नगद ३५ हजार सहित पुरस्कृत गर्ने भएको छ ।
तेह्रथुम जिल्लाको हर्मजुङ्ग गाविसमा रहेर पत्रकारीताको माध्यमबाट समाजलाई सुसुचित गर्नमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कूरुङबङ्ग खजुम समाज हङकङ्गले नगद ३५ हजार सहित पुरस्कृत गर्ने भएको हो । पत्रकार पाक्साँवालाई यही फागुन १४ गतेका दिन छथर शुक्रवारे बजारमा साँवा बंश उत्थान समितीले एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरीने भएको कूरुङबङ्ग खजुम समाजले जनाएको छ । समाज स्थापना सँगै समाजसेवाका कृयासिल बन्दै गउको छ । यस अघी तेह्रथुम छथर फाक्चामारा ४ का मृगौला पिडित खिनामाया कुरुम्भङलाई ७० हजार रुपैयाँ सहयोग गरेको थियो ।

पत्रकार पाक्साँवालाई पत्रकारीतामा सहगोग गर्ने उदेश्यका साथ संखुवासभा चैनपुर निबासी हाल हङकङमा कर्मथलो बनाउँदै आउनु भएको सरीता चाम्लिङले एक थान ल्यापटप सहयोग गर्नु भएको थियो । पत्रकारीता सँगै समाजसेवामा कृयासिल पत्रकार पाक्साँवाले चलाएको कलमले आर्थीक अभाबका कारण उपचारमा समस्या भएकी मृगौला पिडित खिनामायाको उपचारका लागी २७ लाख बढी रकम संकलन भए सँगै मृगौला प्रत्यरोपण सफल भएकोले समाजसेवी तेह्रथुम ओयाक्जङ मा जन्म भई ईजराईलमा रहनु भएका युबा समाजसेबी देब बास्कोटाले ३० हजार नगद सहित सम्मान गरेको थियो । पत्रकार पाक्साँवालाई कुरुम्भङ युके समाजका सेर बहादुर कुरुम्भङ र ईश्वारमान कुरुम्भङले नगद ८ हजारले सम्मान गरेका थिए ।
त्यस्तै पत्रकार महासंघ तेह्रथुमले तेह्रथुम पत्रकारीता पुरस्कार नगद १३ हजार सहति कदर पत्रले पुरस्कृत गरेको छ ।
पत्रकार पाक्साँवा विगत ८ वर्षदेखि रेडियो मकालु धनकुटा,रेडियो मेन्छ्यायेम तेह्रथुम,सुम्हत्लुङ्ग एफ एम पाँचथरका साथै फाष्ट देनिक बिभीन्न आधा दर्जन अनलाईनमा समाचार रिपोटिङ गर्दै आउनु भएको छ । २ महिना अघी देखी ग्रामिण क्षेत्रबाटै सञ्चालनमा रहेको कन्चनजंगा अनलाइनका समाचार प्रमुख रहेर काम गर्दै आउनु भएको छ । लगायतका विभिन्न संचार माध्यममा आवद्ध भई पत्रकारीता गदै आउनुभएको छ ।


