शैक्षिक तथा बहुधार्मिक महोत्सबमा दानदाताहरुको संख्या बढ्दै…

आज तेश्रो दिन सम्म ८ लाख बढी संकलन...

धनकुटा खबर / तेह्रथुम, १७ फागुन तेह्रथुम छथर शैक्षिक तथा बहुधार्मिक महोत्सबमा दानदाताहरुको संख्या बढ्दै आज सम्म ८ लाख बढी संकलन भएको छ ।

तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा रहेको सरस्वती माबीलाई अन्तराष्ट्यि मापडण्ड अनुसारको जिल्लाकै नमुना बिद्यालय निमार्ण गर्ने उदेश्यका साथ गत आईताबार गतेदेखी सुरु भएको महोत्सबमा दानदाताहरुको संख्या बढ्दै गएको छ ।

आज तेश्रो दिन तेह्रथम ओख्रेका टिकाराम ढकालले १ लाख २ हजार १ सय ११ रुपैयाँ सबैभन्दा बढी दान गर्नु भएको छ ।

बिभिन्न जातीको संस्कार संस्कृती र पहिचान झल्किने कर्मकाण्डका साथ किरात सत्यहाङमा महाअष्ट यज्ञको साथमा अन्र्तराष्ट्रिय कथाबाचक गोबिन्द सरण महाराज जिको कथा बाचन र मधुरबाणिकी धनि मिरादेविको आदितिय प्रवचन संगै सात दिन सम्म सन्चालन भई रहेको महोत्सबमा मावन शान्तिका लागी सामुहिक सुम्सेम्बा, तङसिङ, लाम्भोबा, फुङताप्ला, साक्मुरा वादेम्बा,खाम्माहुक,नाहेन्थामा ३१ सय सिलाम्साक्मा वितरण तथा यामा आईतरानी चेम्जोङ बाट मुन्धुम बाचन लगायतका कार्यक्रमा हुने प्रध्यानाध्यापक बस्नेतले बताउनु भयो यति बेला तेह्रथमको छथर सुक्रबारे सबै धर्मलम्बीहरुको साझा चौतारी बनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।