९ लाख ८० हजारमा निर्मित सार्वजानिक शौचालयमा पानीको अभाब

धनकुटा खबर / फागुन, १९ तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ ।

हङकङ तेह्रथुम मञ्चको ९ लाख ८० हजार आर्थिक सहयोगमा फाल्गुनन्द चौकमा निर्मित शौचालयको पूर्ण व्यावस्थापन भने अझै भएको छैन ।

शौचालयमा सरसफाइको लागि प्रयोग हुने पानीको अभाव रहेकाले शौचालयको प्रयोग भने तत्कालै सार्वजानी करुपमा नहुने निर्माण समितिले जनाएको छ ।

शौचालयमा केही दिनै आवश्यक पानी लाइनको विस्तार गरे पछि मात्र शौचालयको पुर्ण प्रयोग गर्न सकिने निर्माण समितिका अध्यक्ष राम ईङनामले जानकारी दिनु भयो ।

मञ्चको पूर्ण आर्थिक सहयोगमा निर्मित शौचालयको व्यावस्थापन गर्न अझै आर्थिक समस्या रहेको अध्यक्ष ईङनामको भनाइ रहेको छ ।

संक्रान्तिबजारमा १ वर्षको अवधिमा २ ओटा सार्वजानिक शौचालय निर्माण भएका छन् ।

केही महिना अघि मात्र संक्रान्तिबजार गाविसको सहयोगमा निर्माण भएको अर्को शौचालय पानी तथा उचित व्यावस्थापनका अभावले शैचालय भने प्रयोग विहीन हुने अवस्थामा रहेको छ ।

हङकङ तेह्रथुम मञ्चको अर्थिक सहयोगमा निर्मित शौचालयको मञ्चका सदस्य शान्तसागर फोम्बु र इलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेलले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।