काठमाडौँ भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढ्दै

काठमाडौंँ, १९ फागुन । काठमाडौँ भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढेको छ ।

टावर निर्माण कम्पनी र काठमाडौँ महानगरपालिकाबीच लामो समय आन्तरिक छलफल नमिल्दा रोकिएको टावर निर्माणको कामले तीव्रता पाएको हो । कामपासँग भएको सम्झौतानुसार निर्माण सुरु गर्नका लागि तोकिको समयभन्दा झन्डै एक वर्ष ढिला सुरु गरिएको भए पनि अहिले निर्माणको कामले तीव्रता पाएको हो ।

अहिले टावर निर्माणका लागि पानी सञ्चय गर्ने ट्यांकी र निर्माण सामग्री राख्नका लागि गोदाम घरको निर्माण भइरहेको टावर निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द विकोइका प्रमुख मनोज भेटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती दुवै कार्य सकेसँगै निर्माणका अन्य कार्य सुरु हुनेछ । “जमिन खन्न दुई पाइलिङ मेसिनको आवश्यक पर्ने र अर्काे यन्त्र ल्याउने क्रममा रहेको छ, आउँदो शनिबारसम्ममा उक्त यन्त्र र निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री पनि ल्याइसक्ने हँुदा निर्माण थप द्रुत गतिमा अघि बढ्नेछ” भेटुवालले बताउनुभयो ।

अहिले दैनिक ३० जनाले टावर निर्माणको काम गरिरहेका छन् । आगामी हप्तादेखि एक दिनमा एक हजारभन्दा बढीले रोजगारी पाउने बताइएको छ । समयमा नै निर्माण सुरु गरिने जनाउँदै निर्माण कम्पनीले अघिल्लो वैशाखमा नै बसपार्क खुला मञ्चलाई बनाएको थियो ।

विसं २०७२ मा गएको भूकम्पअघि नै टावर निर्माणका लागि सम्झैता भएको तर भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भए पनि ठेकेदारसँंग कुरा नमिल्दा यसभन्दा पहिले टावर निर्माणको काम अघि बढ्न नसकेको कामपाको प्रवक्ता ज्ञानेन्द्र कार्कीको भनाइ छ ।

‘‘ठेकेदारसंँग भूकम्पअघि २९ तला बनाउने सहमति भएको थियो’’कार्कीले भन्नुभयो, ‘‘, भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियम विपरीत हुने देखियो । बाह्र तलाको बनाउने कुरा भयो । ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसार निर्माणको काम गर्न नपाउँदा यसअघि निर्माणको काममा समस्या आएको थियो ।’’ कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक दुई करोड ३५ लाख रुपियाँ तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतले दरले बढ्दै जान्छ ।

टावरमा नेपाली कला र संस्कृति झल्कने योजना छ । सोका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा भवन बन्ने छ भने ६० प्रतिशत खाली राखिने छ । साठी प्रतिशत जग्गामा आकर्षक बगैँचा, आराम गर्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछ । टावरमा बस पार्क, चलचित्रघर, नाटकघर, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री पनि राखिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।