तेह्रथुमको सरकारी वनमा भिषण आगलागी
धनकुटा खबर ।
तेह्रथुम, फागुन २१ । तेह्रथुमको थोक्लुङ गाविस पिप्ले स्थित सरकारी वनमा शनिबार मध्यान्हबाट लागलागी भएको छ । बस्तीको बीच भागमा रहेको वनमा आगलागी हुँदा अधिकांश घरहरू जोखिममा रहेका छन् ।
आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दाले अग्नि रेखा बनाउने काम भईरहेको बताइएको छ ।
उक्त वनमा बबहुमुल्य खयार, साल, सल्लाे लगायतका प्रजातिका रूखहरू रहेको स्थानीय दुर्गा कार्कीले जानकारी दिनु भयो । आगलागीको कारण खुल्न सकेको छैन ।



