पठनपाठन बन्द गरी प्राध्यापकहरु नै उत्रे आन्दोलनमा !

धनकुटा खबर
तेह्रथुम, फाल्गुन २१ । तेह्रथुमको वसन्त बहुमुखी क्याम्पस वसन्तपुरका सबै प्राध्यापकले शनिबार बिहानैबाट क्याम्पसको पठन पाठन बन्द गरी आन्दोलन सुरु गरेका छन् ।

गत फागुन १८ गते भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका क्रममा अभिभावक क्याम्पस हातामा प्रवेश गरी आफूहरुलाई गालीगलौज तथा अपमानपूर्ण व्यवहार गरी विभिन्न धम्की दिएको भन्दै क्याम्पसमा कार्यरत १२ जना प्राध्यापकले पठनपाठन बन्द गराएका हुन् ।

आफूहरुको सुरुक्षा नभएकाले सुरक्षाको माग गर्दै पठनपाठन बन्द गरी आन्दोलन सुरु गरिएको सहायक क्याम्पस प्रमुख गणेश बरालले बताए । उनीहरुले विज्ञप्ति जारी गरी शान्तिपूर्ण वातावरणमा पठनपाठन गराउने अवस्था नभएको र आत्मसम्मान साथ हिँड्डुल गर्ने अवस्था समेत नभएको जनाएका छन् ।

आफूहरुलाई अपमान गर्ने व्यक्तिलाई कारबाही र क्याम्पसमा भयरहित वातावरणमा पठनपाठन गराउने वातावरण सृजना नहुन्जेलसम्म आन्दोलन जारी रहने प्राध्यापक भीम दाहालले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।