तेह्रथुमको ओयाक्जुङ सिद्धकालीमा सरस्वतीको मन्दिर निमार्ण हुने

धनकुटा खबर । तेह्रथुम, २२ फागुन – तेह्रथुमको ओयाक्जुङमा रहेको सिद्धकालीमाबीमा सरस्वतीको मन्दिर निमार्ण हुने भएको छ ।
मन्दिर निमार्णका लागी देश बिदेशमा रहनु भएका बिभीन्न महानुभाबहरुको साथमा आर्थीक संकलन कार्य तिब्र रुपमा भई रहेको ईजराईमा रहनुभएका बिद्यालयका पुर्बबिद्याथी तथा सामजसेबी देब बास्कोटाले बताउनु भयो ।
बिद्यालय क्षेत्रभित्र ११ फिट लम्बाई ८ फिट चौडाई रहेको मन्दिरमा सरस्वतीको मुर्ती निमार्ण गरीने भएको बास्कोटाले जानकारी दिनु भयो । मन्दिर निमार्णका लागी सहयोग गर्ने सहयोगीहरुलाई सम्मानको साथै सिलालेखमा नामावली उल्लेख गरीने भएको छ ।


