‘सिलवाललाई तत्काल थुनामुक्त गरी आजै अदालतमा हाजिर गराउनू’

काठमाडौँ, ११ वैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवाललाई तत्काल थुनामुक्त गरी आजै अदालतमा हाजिर गराउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज सिलवालले गैरकानुनी रुपमा आफूलाई थुनामा राखेको भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि सो आदेश गरेको हो । आदेशमा प्रहरी नायब महानिरीक्षक सिलवाललाई अदालतका रजिस्ट्रारको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी अदालतमा उपस्थित गराउन भनिएको छ । “सर्वोच्च अदालतको नियमावलीअनुसार यस अदालतका रजिस्ट्रारको रोहबरमा विद्वान् अधिवक्ता शम्भु थापाको हाजिर जमानीमा बन्दी बनाइएका सिलवाललाई आजै तत्काल थुनामुक्त गरिदिनू”, आदेशमा भनिएको छ ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, तुलसी भट्ट र अधिवक्ता हरि फुयाँल, मेघराज पोखरेल, टीकाराम भट्टराई र पूर्णप्रसाद राजवंशीले बहस गर्नुभएको थियो । प्रहरी नायब महानिरीक्षक सिलवालका तर्फबाट आजै अधिवक्ता पूर्णप्रसाद राजवंशीले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै अदालत निवेदन दायर गर्नुभएको थियो । छानबिनका लागि भन्दै प्रहरीले सिलवालका घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लगेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖