२ विद्यार्थी समूहबीच झडप हुँदा दुईजना घाइते

चितवन, वैशाख १२ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच मंगलबार बिहान १०.३० बजे छात्रावासको भोजनालयमा खाना खानेक्रममा विद्यार्थीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

झडपमा परी घाइते हुनेमा अनेरास्ववियुका चिरन्जीवी पन्त र अर्का एकजना रहेको र उनीहरुलाई उपचारका लागि भरतपुरका पठाइएको छ ।

केही दिनअगाडि कलेजमा लगाइने टिसर्टका विषयमा उनीहरुबीच विवाद भएको थियो ।

मंगलबार बिहान झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖