धादिङ दुर्घटनामा १३ घाइते, सात जनाको अवस्था गम्भीर

मलेखु (धादिङ), १२ वैशाख । धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा आज भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर श्रेष्ठ, ३७ वर्षीय मिनाकुमारी श्रेष्ठ, नीलकण्ठ नगरपालिका– ७ का नौ वर्षीय सुदिप श्रेष्ठ, पाँच वर्षीय सुजन श्रेष्ठ, २७ वर्षीयलक्ष्मी श्रेष्ठ र नवराज श्रेष्ठ र नीलकण्ठ नपा–४ का १९ वर्षीय रोजन श्रेष्ठ छन् । अन्य सामान्य घाइते छन् ।

कालुपाण्डे मार्गको कालीदहबाट कुम्पुरतर्फ जाँदै गरेको बा ३ ख ८७८८ नं. को स्वराज ट्रक कच्चीसडकबाट पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जीयारले जानाकारी दिनुभयो ।

कुम्पुरतर्फ पसलको सामान लिएर जाँदै गरेको सो ट्रकमा उनीहरु सवार थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई उपचारका लागि काठमाडाँैतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।