श्रीमती हत्याको आरोपमा ६२ वर्षीय गुरुङ पक्राउ

गाईघाट (उदयपुर), १३ वैशाख । श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मङ्गलबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडापछि गुरुङले श्रीमतीलाई केही कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।

यता गुरुङका छोरीसहित स्थानीयवासी कृष्णकुमारी मगरका अनुसार भने कुटपिटका कारण नै श्रीमती गुरुङको मृत्यु भएका कारण छोरी र स्थानीयवासीले समेत प्रहरीमा कुटपिटको कारण मृत्यु भएको उजुरी दिएको प्रहरीले बताएको छ । श्रीमती सीताको शवपरीक्षण भइसकेको र प्रहरीले मनबहादुरलाई मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो ।

अनुसन्धान सुरु भइसकेको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य कुरा बाहिर आउन सक्ने पनि प्रहरीले बताएको छ । स्थानीयवासी विदुर राउतका अनुसार गुरुङ असरीमा रहेर मजदुर काम गर्दै आएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖