कुन्दन थापा प्रकरण: समाचार रिर्पोटिङको क्रममा लाईटनेपाल संवाददाता रुपनी जिएममाथि प्रहरीद्वारा र्दुव्यवहार

काठमाडौं, १३ बैशाख । सामाखुसीस्थित नेपाल प्रहरी बिद्यालयमा कुन्दन थापा हत्या प्रकरणको विषयको रिर्पोटिङ्ग गर्ने क्रममा लाईटनेपालकाी संवाददाता रुपनी जिएममाथि प्रहरीले धम्बी दिंदै हातपात तथा र्दुव्यवहार गरेको छ ।

कुन्दन थापाको हत्या प्रकरणको विषयमा लाईट नेपालले निरन्तर समाचार सम्प्रेषण गर्दै आईरहेकोमा सोही विषयलाई फलोअप गर्दै स्कूल प्रशासनसंग जानकारी लिन त्यहाँ पुगेकी जिएममाथि स्कूल प्रशासन प्रमुख हरिश भट्टको निर्देशनमा हातपात गरिएको हो । जिएमका अनुसार भट्टको निर्देशनमा खटिएका प्रहरीले उनलाई धरपकड गर्दै क्यामरा अफ गर्न धम्की दिएका थिए । जिएममाथि हातपात गर्दै उनलाई गलहत्याएर रिर्पोटिङ्ग स्थलबाट केही पर पुर्याईएको उनले बताईन् ।

जिएम नेपाल मगर पत्रकार संघको केन्द्रिय सचिव पनि हुन् । समाचार संकलनको सिलसिलामा राज्यको चौंथो अङ्गमाथि त्यसरी प्रहरी प्रशासनले धरपकड गर्दै हातपातसमेत गर्नु भनेको सिङ्गो पत्रकारितामाथि नै धावा बोल्नु हो ।

जिएममाथिको यो अनैतिक प्रहरी प्रशासनले गरेको व्यबहारलाई प्रेस स्वतन्त्रताको धज्जी उडाएको सजिलै महसुस गर्न सकिन्छ । लाइटनेपाल डटकमले यस घटनाको भर्सना गर्दै  घटनाको निष्पक्ष छानविनको माग राख्दै दोषीलाई कारवाहीको माग गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖