आगलागीबाट २२ घर जलेर नष्ट, आगलागीको कारण खुल्न सकेन

वीरगन्ज, १३ वैशाख । वीरगन्ज उपमहानगरपालिका–२१ पटेलनगरमा आज दिउँसो आगलागी हुँदा करिब रु ४५ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट २२ वटा घर, अन्नपात, लत्ता कपडा, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

करिब तीन घन्टापछि मात्र आगो नियन्त्रणमा लिइएको थियो । वीरगन्ज, कलैया, नेपाल आयल निगम, चन्द्रनिगाहापुरबाट आएको वारुणयन्त्र, स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासबाट आगो नियन्त्रणमा लिइएको हो ।

यसैबीच, अग्निपीडितलाई दैवी प्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाइटी पर्साले चामल, चार हजार थान बाल्टिन, भाँडाकुँडा, त्रिपाल वितरण गरेको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।