नारायणगढ बजारबाट दिनदहाडै १५ लाख लुटियो

चितवन, १३ वैशाख । नारायणगढ बजारबाट आज दिउँसो रु १५ लाख लुटिएको छ ।

दिउँसो १२ बजे नारायणगढको सहिदचोकस्थित नबिल बैंकबाट चेक साटेर भरतपुरतर्फ फर्कने क्रममा रु १५ लाख लुटिएको हो ।

यहाँका जग्गा व्यवसायी तेजबहादुर (केशव) कार्कीका गाडी चालक चित्रबहादुर पौडेलले चेक साटेर बैंक अगाडि पार्किङस्थलमा राखिएको बा १२ च ५९२४ नम्बरको नीलो स्कार्पियो गाडीभित्र पैसा राखेका थिए । गाडी चलाएर हिड्ने क्रममा पछाडिबाट एक व्यक्तिले गाडी पन्चर छ भनेपछि चालक पौडेल चक्का हेर्न जाँदा सो व्यक्तिले गाडीको पछाडि सिटमा राखिएको पैसा लिएर फरार भएका थिए ।

गैंडाकोटका लेखप्रसाद सापकोटाले जग्गा कारोबारका लागि रु १५ लाखको चेक दिएको र ऊ सँगै चालक पौडेल चेक साट्न बैंक गएका थिए । चेक साटेर नगद लिएपछि सापकोटा बैंकमै रहेको र चालक पौडेल मात्रै रकम लिएर गाडीसम्म पुगेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बैंक अगाडि सिसिटिभी नभएको चितवन प्रहरीले जनाएको छ । रकम चोरी गरी फरार हुनेको हुलिया कालो वर्ण र अन्दाजी २५ वर्षको रहेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्ति पत्ता लगाउन सबै ठाउँमा प्रहरीलाई परिचालन गरी खोजी कार्यलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।