भुजा भुट्ने क्रममा आगलागी हुँदा ५० घरगोठ जलेर नष्ट

चन्द्रौटा (कपिलवस्तु), १३ वैशाख । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ महिलावारमा आज साँझ आगलागी हुँदा ५० घरगोठ जलेर नष्ट भएका छन् ।

महिलवारका दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगो सल्किएको हो । आगलागीबाट गुल्लु कहारको घरमा पाहुना लागेकी कोटवाकी बन्सी प्रजापति घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट दादु कहार, गुल्लु कहारलगायतका घर जलेका छन् ।

आगोबाट चारबाख्रा, दुई गाई मरेको स्थानीयवासी गौतम यादवले जानकारी दिनुभयो । घाइतेको शिवराज अस्पाताल बहादुरगन्जमा उपचार भइरहेको छ । कृष्णनगर नगरपालिकामा रहेको दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।