५ वर्षभित्र पूर्ण साक्षर बनाउने काँग्रेसको सङ्कल्प

काठमाडौँ, १४ वैशाख । नेपाली काँग्रेसले स्थानीय सरकारको पाँच वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीलाई शतप्रतिशत साक्षर गराउने सङ्कल्प गरेको छ ।

काँग्रेसले प्रत्येक स्थानीय तहमा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराउनुका साथै १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजनाअन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने घोषणापत्रमा सङ्कल्प गरेको छ ।

स्थानीय तहमा रोजगारमूलक तथा स्व–उद्यम प्रवद्र्धन गर्ने प्राविधिक एवम् सीप सिकाइ शिक्षालयको व्यवस्था गरी युवालाई रोजगारमुखी सीपमूलक तालिम दिइने काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।

‘नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

निजी क्षेत्रलाई रोजगारमुखी प्राविधिक शिक्षालय खोल्न प्रोत्साहन गरिनुका साथै “एक विपन्न परिवार ः सीप सिकाइ केन्द्रमा एक निःशुल्क अवसर” कार्यक्रम लागू गरिने पनि सङ्कल्प गरिएको छ ।

काँग्रेसले शिक्षालाई रोजगारीसँग जोड्न युवा विद्यार्थी, विद्यालय र बंैकिङ एवम् व्यावसायिक प्रतिष्ठानलाई संलग्न गरी युवा रोजगारी प्रोत्साहित गर्ने नीति अवलम्बन गर्ने जनाएको छ ।

माध्यमिक शिक्षाको राष्ट्रिय मानक निर्धारण र विकासका लागि सङ्घीय शिक्षा आयोग गठन गरी निश्चित विषयको पठनपाठन राष्ट्रिय रुपमा एकैप्रकारका हुनेगरी स्थानीय सरकारले आवश्यकताअनुसार थप विषय अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइने काँग्रेसले प्रतिबद्धता गरेको छ ।

निर्वाचनमा पार्टीले आधारभूत तहमा तालिम प्राप्त र विषयगत योग्यता भएका शिक्षकको व्यवस्था र आधुनिक प्रविधिमार्फत शिक्षणको व्यवस्था गर्न पुराना स्थायी शिक्षकलाई स्वेच्छिक अवकाशको व्यवस्था गरी नयाँ शिक्षक भर्नाद्वारा शिक्षक रुपान्तरणको योजना अघि सारेको छ ।

साथै लोकतन्त्र, शान्ति, मानवअधिकार, नैतिक शिक्षा र अहिंसाजस्ता अवधारणालाई विद्यालयस्तरको शैक्षिक पाठ्यक्रममा समावेश गरिने घोषणापत्रमा उल्लेख छ ।

काँग्रेसले पार्टीको नेतृत्वमा सबै स्थानीय तहमा वाइफाइ इन्टरनेट र आधुनिक पुस्तकालयसहितको एउटा सामुदायिक स्रोतकेन्द्र बनाइने र एक वडा–एक पुस्तकालय एव्म एक वडा–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनामा गर्ने योजना अघि सारेको छ ।

एक टोल–एक शिशु विकास केन्द्र कार्यक्रम सञ्चालन गरी न्यून एवम् मध्यम आय भएका परिवारका शिशुको प्रारम्भिक शिक्षालाई समेत सहज बनाइ बालबालिकाको शिक्षाको निरन्तरताका लागि आमालाई नगद प्रोत्साहन दिइने काँग्रेसको कार्यक्रम छ ।

विद्यालयको प्राथमिक तहदेखि नै नेपालीबीच प्रचलनमा रहेका विभिन्न जाति, भाषा र संस्कृति तथा सांंस्कृतिक–ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनसम्बन्धी शिक्षालाई अनिवार्य गरिने घोषणापत्रमा जनाइएको छ ।

घोषणापत्रमा उल्लेख भएअनुसार काँग्रेस नेतृत्वको स्थानीय सरकारले शौचालय, सुरक्षा एवम् यातायातको अभावबाट छात्राको अध्ययनमा असर पर्न नदिन विशेष व्यवस्था गरी भर्ना र उत्तीर्ण दरलगायत अन्य सूचकमा छात्र र छात्राबीच स्थानीय तहमा रहेका सबै प्रकारका विभेदको अन्त्य गर्नेेछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।