विरोध प्रदर्शनका क्रममा झडप

काठमाडौँ, १५ वैशाख । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप भएको छ ।

विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका छन् ।

ललितपुर र भक्तपुरका शिक्षा कार्यालयमा तालाबन्दी समेत गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । उहाँले निजी शैक्षिक संस्थाले सरकारको मार्गनिर्देशनको उल्लङ्घन गरी जथाभावी शुल्क निर्धारण गर्नु कानुन विपरीत रहेको भन्दै यसविरुद्ध सशक्त आन्दोलनका कार्यक्रम गरिने जानकारी दिनुभयो ।

सरकारले वार्ताका लागि बोलाएको भए पनि शुल्क फिर्ताको क्रम सुरु नहुँदासम्म वार्ता नबस्ने विद्यार्थी सङ्गठनले जनाएको छ । ती सङ्गठनको अघिल्लो दिन बसेको बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभर विरोध प्रदर्शन तथा शुल्क लिने विद्यालय सञ्चालकलगायतलाई बहिष्कार गर्ने जस्ता निर्णय पनि गरेको थियो ।

निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरूलाई सामाजिक बहिष्कार गर्ने सङ्गठनले जनाएको छ । संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविसंलगायत आठ सङ्गठन आवद्ध छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।