बुधबार देखि बेपत्ता बालक गाडिएको अवस्थामा फेला

सिरहा, सिरहाको नरहा–३ खोरियाबाट बुधबार बेलुका बेपत्ता भएका बालक शुक्रबार बेलुका हत्या गरी पुरिएको अवस्थामा भेटिएका छन् । घर नजिकैको भाण्टामारीमा घाटीरेटी हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा स्थानीय भरोसी यादवका दुई वर्षका छोरा रमनको शव फेला परेको हो ।

प्रहरी र घर परिवारले विभिन्न ठाउँमा खोजी गरेपनि रमन भेटिएका थिएनन् । शुक्रबार बेलुका कुकुरले माटो खनेपछि त्यहाँ हेर्दा रमनको शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर बच्चाको शव निकाल्दा घाटी रेटी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

बालक रमनको शव पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पताल लगिएको छ । बुधबार बेलुका ७ः३० बजेसम्म बुवा भारोसी यादवले आफै बसेर छोराछोरीलाई सँगैराखेर पढाउनुभएको थियो । तर त्यसपछि केहीबेरमा रमन हराएका थिए ।

हराएकै दिन हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा दुईजनालाई पक्राउ गरेको छ । अनुसन्धनमा असर पर्ने भन्दै पक्राउ परेकाको नाम प्रहरीले खुलाएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।