भारतीय एसएसबीले गोली हानी हत्या गरिएका यादवको परिवारले पाउने भए ८ वर्षपछि क्षतिपूर्ति !

पर्सा, वैशाख १६ । भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले ८ वर्षपछि क्षतिपूर्ति पाउने भएका छन् ।

बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको वि.सं. २०६६ साल असोज १७ गते भारतको बिहार, जमुनियानजिकै एसएसबीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्कनेक्रममा एसएसबीसँग विवाद हुँदा यादवको गोली हानी हत्या गरिएको थियो ।

निर्दाेष व्यक्तिको हत्या भएको भन्दै दुबै देशका मानवअधिकारवादी संघ–संगठन र विभिन्न संघ–संस्थाले चर्काे विरोध गरेपछि ८ वर्षपछि मृतक नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।

एसएबीका प्रहरी अधिकृतले बारा र पर्साका प्रहरी प्रशासनलाई यही वैशाख ७ गते पत्राचार गर्दै मृतक यादवलाई रु पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको जनाएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖