असिनापानीसँगै परेको चट्याङले एकको मृत्यु, अन्नबालीमा लाखौँको क्षति

खोटाङ, २३ वैशाख । असिनापानीसँगै परेको चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ । आज दिउँसो परेको चट्याङ लागेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४३ वर्षीय शेरबहादुर कटवालको मृत्यु भएको हो ।

घरमा बसिरहेका कटवाललाई चट्याङ लागेपछि जिल्ला अस्पताल दिक्तेलमा ल्याएर उपचार गर्ने क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । मृत कटवालको शव परीक्षणका लागि अस्पतालको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

पानीसँगै परेको असिनाले जिल्लामा लाखौँको क्षति पु¥याएको छ । लेकाली क्षेत्रमा फल्दै गरेको आलु र गोड्ने बेलाको मकै, बेँसी क्षेत्रमा पाक्न लागेको गहुँ तथा तरकारी बालीमा क्षति पुगेको कृषकले बताएका छन् ।

असिनापानीले जिल्लामा ठूलो क्षति पु¥याए पनि क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । क्षति विवरण सङ्कलन गर्न भोलि आइतबारबाटै प्राविधिक टोली परिचालन गर्ने कार्यालयले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।