भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु
कपिलवस्तु, २३ वैशाख । भारतीय ट्रकको ठक्करबाट तौलिहवामा एकजनाको मृत्यु भएको छ ।
तौलिहवाबाट भैरहवातर्फ फलफूल बोेकेर गइरहेको युपी५५टी ५४०५ नंको ट्रकको ठक्करबाट शुद्धोधन गाउँपालिका–६ बस्ने ठगेप्रसाद पथ्थरकट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ । सो ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस


