नेताहरू भन्छन,- प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्छ

काठमाडौँ, २३ वैशाख । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् ।

व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसद्ले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नु, साथै, प्रधानन्यायाधीश कार्कीलाई यथावत्रुपमा आफ्नो पदमा काम गर्नु भनी सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेपनि दलका नेताहरूले महाभियोग अगाडि बढ्ने बताएका हुन् ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले महाभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशलाई संविधान विपरीत भएको टिप्पणी गरे ।

नेकपा (माओवादी केन्द्र) का नेता मणि थापाले न्यायालयले कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सर्वोच्च अदालतको अन्तरिम आदेश लोकतन्त्र माथिको ठाडो प्रहार हो भन्नुभयो ।

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले कार्यपालिका, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीच दूरी बढाउन नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता जीतेन्द्र सोनालले शुक्रबारको सर्वोच्च अदालतकोे अन्तरिम आदेश संसद्माथिको हस्तक्षेप भएको जिकिर गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।