नयाँ रेकर्ड बनाउन हिडेका शेरचनको सगरमाथा आरोहणका क्रममा निधन
काठमाडौ, बैशाख २३ । सबैभन्दा बढी उमेरमा सगरमाथा आरोरण गरी नयाँ रेकर्ड बनाउन खोज्ने मीनबहादुर शेरचनको निधन भएको छ ।
८५ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गर्छु भन्दा शेरचनको ज्यान गएको हो । उनले सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाउन चाहेका थिए ।

सन् २०१३ मा जापानका यूचीरा मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहरण गरी सबै बढी उमेर उमेरमा सगरमाथा पुगेको रेकर्ड बनाएका छन् । शेरचनले मिउराको रेकर्ड तोड्न चाहेका थिए ।
शेरचनले यसअघि सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरी सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाएका थिए । तर मिराउले सन् २०१३ मा उक्त रेकर्ड तोडिदिएका थिए ।
सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका शेरचनको ८५ वर्षीय शेरचनको शनिवार निधन भएको हो । उनको शनिबार बेलुका ५ बजेर १४ मिनेटमा आधार शिविरमै निधन भएको हो ।
म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि निस्किएका थिए ।
केही दिनअघि मात्रै सगरमाथा चढ्ने क्रममा ४० वषका स्वीस पर्वतारोही उइली स्टेकको मृत्यु भएको थियो ।


