तेह्रथुममा ट्याक्सी दुर्घटना हुँदा ४ गम्भीर घाइते, ट्याक्सी चालक फरार
धनकुटा खबर / बैशाख २४, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका स्थित चुहानडाँडा आईतवार बिहान ट्याक्सी दुर्घटना भएको छ ।
दुर्घटनामा परि चुहानडाँडाका जमुना कट्टेल, गिता कट्टेल, तुलसा बास्कोटा र फिदिम निवासी बिमला विष्ट गम्भीर घाइते भएको बताएको छ ।
घाइतेलाई अहिले जिल्ला अस्पताल पाँचथर लगिएको छ । ट्याक्सीमा कति सवार थिए भन्ने खुलेको छैन ।
गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट पाँचथरको फिदिमका लागि छुटेको को १ ज २३८५ नम्बरको ट्याक्सी बिहान ८:३० मा साविक चुहानडाडा ७ स्थित मानेडाडाँमा दुर्घटना भएको स्थानीय लिङकन लिम्बूले जानकारी दिनु भयो ।
ट्याक्सी चालक विशाल गहतराज भने घटाना स्थलबाट फरार रहेको स्थानीयले बताएका छन् । दुर्घटनाको कारण आउन बाकी रहेको छ ।


