कार दुर्घटनामा धनकुटाका चन्द्र निरौलाको मृत्यु, अन्य दुई घाइते

काठमाडौँ, २४ वैशाख । गएराति बिजुली बजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंकोे कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ ।

घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।