‘गुन्डानाइके’ दीपक मनाङ्गे पक्राउ, अब राजधानीका गुण्डाको भागाभाग हुने निश्चित

काठमाडौं, बैशाख २४ । काठमाडौंका चर्चित ‘गुन्डानाइके’ दीपक मनाङ्गे पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोलीले ठमेलबाट अहिले साँझ उनलाई पक्राउ गरेको हो। स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘दिपकले चुनावमा जे पनि गर्न सक्छन भन्ने प्रहरीको निष्कर्ष हो,’, ‘त्यही भएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मनाङ्गे राप्रपा मनाङ्गका अध्यक्ष समेत हुन । केहि महिना अघि राप्रपामा प्रवेश गरेका थिए। प्रहरीले दीपक मनाङ्गेसहित आजै अन्य २ जना टोले गुन्डाहरुलाई पनि नियन्त्रणमा लिएको छ।

काठमाडौंमा गुन्डालाई पक्राउ गर्ने नामावली सहित भन्ने समाचार आएको केहि दिन नहुदै मनाङ्गे पक्राउ परेका हुन् । यस संगै अब राजधानीका गुण्डाको भागाभाग हुने निश्चित देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।