यी हुन तेस्रो लिङ्गीबाट नागरिता र पासपोर्ट लिने पहिलो नेपाली मोनिका शाही, जसले गरिन सामान्य मानिससंग बिवाह (हेर्नुहोस् भिडियो)
कैलाली चुहा नगरपालिका वडा.न.२ निवासि मोनीका शाहीले ‘अन्य’को रुपमा नागरिकता र पासपोर्ट लिने दक्षिण एशियामा आफु पहिलो भएको दावि गरेकि छिन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ लाख १४ हजार तेस्रो लिङ्गी मध्यमा नागरिकता र पासपोर्ट लिने आफु व्यक्ति पहिलो भएको जानकारि दिएकी हुन्। उनले भनिन्‘आज मेरो लागि खुसिको दिन हो, हामीले आन्तरिक रुपमा तिन महिना पहिले विहे गरेका थियौँ, आज आएर समाजको नजर सामु विहे गरेका छौँ, हामी एक अर्कालाई अथाह माया र सम्मान गछौँ, हामी बीचको प्रेम अमर, अजर र नुमुना यूक्त बन्नेमा हामी विश्वस्त छाँै।’
समाजको छिःछिः र दुरदुर सहँदै बाँचिरहेका ९ लाख १४ हजार तेस्रो लिङ्गीको अवस्था नाजुक एवम दुःखद रहेको बताउदै गर्दा मोनिका भक्कानिएर रोएकी थिन् । बाँकि भिडियोमा हेर्नुहोस :


